भरतपुर, १९ मङ्सिर।
कोरुगेटेड बक्स म्यानुफ्याक्चर एसोसिएसन नेपालको १० औं रास्ट्रिय सभा एवं तेस्रो रास्ट्रिय अधिवेशन मङ्सिर १७ र १८ गते चितवनको सौराहामा सम्पन्न भएको छ।
अधिवेशनबाट संस्थालाई थप जिम्मेवार र बलियो बनाउनको लागि नयाँ नेतृत्व चयन भएको छ। संस्थाको अध्यक्षमा स्वीकृत राज पराजुली चयन हुनु भएको छ।
बरिस्ठ उपाध्यक्षमा राजेश श्रेष्ठ उपाध्यक्षमा भद्र नारायण पिया र नरेन्द्र राज आचार्य निर्वाचित हुनु भएको छ।
साथै अधिवेशनमा देशव्यापी रुपमा आफ्नो संस्थालाई मजबुत बनाउने उद्देश्यका साथ विभिन्न प्रदेश संयोजक पनि निर्वाचित गराएको छ।
प्रदेश १ मा सुबोध कोइराला
प्रदेश २ मा प्रतीक बढ्वाला
प्रदेश ३ मा सुवर्ण कृष्ण श्रेष्ठ
प्रदेश ४ मा दिपक श्रेष्ठ र प्रदेश ५ मा नारायण प्रसाद पौडेललाई संयोजकको भुमिकामा निर्वाचन गराएको छ।
संस्थाको सदस्यमा धर्म राज उपाध्याय, अशोक श्रेष्ठ, सुदिप श्रेष्ठ, वेग राज श्रेष्ठ र सुरेन्द्र दाहाल चयन हुनु भएको छ।
कोरुगेटेड बक्स म्यानुफ्याक्चर एसोसिएसन नेपालले प्लास्टिक जन्य सामाग्रीको प्रयोगमा रोक लगाउदै कार्छुन र कागजको प्रयोग गर्न जनचेतना गर्दै आएको छ। वातावरण मैत्री बनाउन प्लास्टिक जन्य सामाग्रीको प्रयोग नगर्न र सकेसम्म कागजको सामाग्रीको प्रयोगको लाग संस्थाले जोड दिदै आएको छ र नयाँ कार्य समितिले आगामी दिनमा संस्थाको बिकासको लागि महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताएको छ।

