सुदुरपश्चिमले ६ मध्ये ४ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहदै लुम्बिनीसँगको फाइनल भिड्न्त पक्का गरेको हो। लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराएको थियो तर दोस्रो खेल कर्णालीविरुद्ध १ सय ४० रनले पराजित भएको थियो।
तेस्रो खेलमा पुनरागमन गर्दै सुदुरपश्चिमविरुद्ध २ विकेटले पराजित गर्यो। चौथो खेलमा बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको लुम्बिनीले पाँचौ खेल प्रदेश नं. १ विरुद्धमाथि ६ विकेटको जित दर्ता गरेको थियो। राउन्ड रोविनको अन्तिम खेलमा प्रदेश नं। २ लाई ९ विकेटले पराजित गरेको थियो।
सुदुरपश्चिमले भने पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले तथा दोस्रो खेल लुम्बिनी प्रदेशविरुद्ध पनि २ विकेटले पराजित भएको थियो। तर सुदुरपश्चिमले तेस्रो खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको जित निकाल्दै खेलमा पुनरागमन गर्न सफल भएको थियो।
चौथो खेल गण्डकी प्रदेशविरुद्ध ४ विकेटले जितेको सुदुरपश्चिमले पाँचौ खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो। छैटौं तथा अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराउदै सुदुरपश्चिमले फाइनलको यात्रा तय गरेको थियो।

