• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

कांग्रेस महाधिवेशन: ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान


मङ्सिर १७, काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ। कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो।कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ। जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको हो। प्रदेश नेतृत्व चयनका लागि आज शुक्रबनर सातमध्ये ६ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रदेश २ मा भने अधिवेशन पछि हुनेछ।

Advertisement

प्रदेश १ मा देउवा–सिटौला सहकार्य
कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश १ मा देउवाले नेतृत्व गरेको संस्थापन समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहबीच सहकार्य हुने सम्भावना बढेको छ। सो प्रदशेमा सिटौला समूहले उद्धव थापालाई उम्मेदवार बनाएको छ।

Advertisement

यसैगरी, प्रदेश १ मा संस्थापन इतर समूहले गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ। घिमिरे हाल कांग्रेस केन्द्रीय सदस्य छन्।

प्रदेश २ मा निधीको हात
प्रदेश २ को अधिवेशनमा सभापतिका लागि रामसरोज यादव, महेन्द्रराय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन्। तीन जना आकांक्षीमध्ये रामसरोज र कृष्ण कांग्रेस उपसभापति विमेलेन्द्र निधीनिकट हुन्। महेन्द्र राय यादव भने देउवानिकट मानिन्छन्। प्रदेश २ मा निधीकै प्रभाव बढी छ।

प्रदेश २ मा संस्थापन इतर समूहले कसलाई उम्मेदवार बनाउने भन्ने तय भएको छैन। पर्सा जिल्लाका पूर्वसभापति राजेन्द्र अमात्यले संख्यात्मक हिसाबले कमजोरसमेत भएकाले उम्मेदवार’bout तय नभएको बताए।

प्रदेश २ का जिल्लाहरूमा क्षेत्रीय अधिवेशन नै बाँकी रहेकाले शुक्रबारसम्म क्षेत्रीय अधिवेशन सक्ने तयारी भइरहेको र आइतबार अधिवेशन गरिने प्रदेश २ का लागि संयोजक तोकिएका नेता रमेश रिजालले जानकारी दिए।

बाग्मतीमा त्रिपक्षीय भिडन्त हुँदै
बाग्मती प्रदेशमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन्। यसैगरी, संस्थापन इतरतर्फबाट जगदीशनरसिंह केसी उम्मेदवार तय भइसकेका छन् भने सिटौला समूहबाट काठमाडौं कांग्रेसका पूर्वसभापति एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान अघि बढेका छन्। यसरी हेर्दा बाग्मतीमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

गण्डकीमा आकांक्षी धेरै
गण्डकी प्रदेशको प्रदेश नेतृत्व लिन संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी अघि बढेका छन्। यसैगरी, कास्की कांग्रेसका सभापतिको अनुभव लिइसकेका देवराज चालिसे, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका पूर्वसभापति शुक्रराज शर्मा, तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेल संस्थापन इतर समूहबाट आकांक्षी छन्।

लुम्बिनीमा तोकिए
लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि पार्टीभित्रका दुईवटा पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन्। संस्थापन पक्षबाट रूपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र संस्थापन इतर पक्षबाट रोल्पाका नेता अमर पुनले उम्मेदवारी घोषणा गरेका हुन्।

कर्णालीमा शाह र शाही
कर्णाली प्रदेश सभापतिमा संस्थापन समूहले राजीवविक्रम शाहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ। यस्तै संस्थापनइतर समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने तय भइसकेको छ। शाही तरुण दलका महामन्त्री हुन्। यो प्रदेशमा संस्थापन पक्ष बलियो छ।

सुदूरपश्चिममा संस्थापनकै भिडन्त
सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन समूहबीच नै प्रतिस्पर्धा हुने भएको छ। सो प्रदेशमा संस्थापन पक्षका नेताहरू रमेश लेखक र एनपी साउदबीच नै प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धा हुने भएको हो।

कांग्रेस कैलालीका सभापति नरनारायण शाह, पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पुष्प शाही र गोविन्द बोहराले संस्थापन समूहबाट प्रदेश सभापतिमा आकांक्षा देखाएका छन्।

तर संस्थापन इतर पक्षले भने यो मौकामा आफ्ना उम्मेदवारलाई सर्वसम्मत गराउने प्रयास पनि थालेको छ। इतर समूहबाट सो प्रदेशमा पूर्वमन्त्री वीरबहादुर बलायर सभापतिका आकांक्षी छन्। यो समूहले संस्थापनको कुनै एक पक्षलाई हात लिने अवस्था पनि सो प्रदेशमा बन्न सक्छ।

कुन प्रदेशमा कति मतदाता ?
शुक्रबार ६ वटा प्रदेशमा प्रदेश अधिवेशनका लागि उम्मेदवारको मनोनयन दर्ता हुनेछ। ६ वटा प्रदेशमा गरी कुल ८ हजार ४ सय ६७ प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेस विधानअनुसार पार्टीको प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले प्रदेश महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ।

निर्वाचन समितिका अनुसार प्रदेश १ मा १ हजार ७ सय ७० जनाले मतदानमा सहभागी हुन पाउनेछन्। सो प्रदेशमा १ हजार १४ प्रदेश महाधिवेशन प्रतिनिधि तथा ७ सय ५६ केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू मतदाता हुनेछन्।

बाग्मती प्रदेशमा २ हजार १ सय ३७ जनाले मतदाता हुनेछन्। जसमा १ हजार २ सय ४५ प्रदेश महाधिवेशन प्रतिनिधि र ८ सय ९२ केन्द्रीय महाधिवेशन प्रतिनिधि छन्। गण्डकी प्रदेशमा १ हजार १ सय ५३ छन्। गण्डकीमा ६ सय ६० प्रदेश महाधिवेशन प्रतिनिधि र ४ सय ९३ केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता रहनेछन्।

यसैगरी, लुम्बिनीमा १ हजार ६ सय ४२ जना प्रदेश अधिवेशनका मतदाता छन्। सो प्रदेशमा ९ सय ४९ जना प्रदेश प्रतिनिधि र ६ सय ९३ केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतदाता छन्।

यस्तै, कर्णालीमा ७ सय ४९ मतदाता छन्। जसमा ४ सय ३३ जना प्रदेश प्रतिनिधि र ३ सय १६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा १ हजार १६ जना प्रतिनिधि अधिवेशनमा मतदाता हुनेछन्। सो संख्यामा ५ सय ८९ प्रदेश प्रतिनिधि र ४ सय २७ केन्द्रीय महाधिवेशन प्रतिनिधि पर्छन्। राजधानी दैनिकबाट

शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.