• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

आइसोलेसनमा प्रधानन्यायाधीश : कामु नतोकिँदा इजलास अवरुद्ध


मङ्सिर १६, काठमाडौं ।एक महिनाभन्दा बढी समय अवरुद्ध भएको सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ बुधबारबाट शुरु भएको थियो । गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गरेपछि इजलास शुरु भएको केही बेरमै नेपाल बार एशोसिएसनका पदाधिकारीहरु इजलासमा पुगे र प्रश्न गर्न थाले । केहीबेरसम्म चलेका इजलासहरुले निरन्तरता पाउन सकेनन् ।‘प्रधानन्याायधीशज्यू कोरोना संक्रमणका कारण शसस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत हुनुहुन्छ । संविधानको धारा १२९ को उपधारा ६ अनुसार उहाँ काम गर्न असमर्थ हुनुहुन्छ,’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतले इजलासमा प्रश्न गरे, ‘यस्तो अवस्थामा मुलुकको न्यायप्रशासन प्रधानन्यायाधीशले सञ्चालन गरेको हो कि कायम मुकायम प्रधानन्यायाधीशज्यूले तोकिनुभएको हो ?’ उनीहरु बुधबार १० वटै इजलासमा गएर यही प्रश्न दोहोर्‍याएका थिए । त्यसपछि इजलास बस्न सकेनन् ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा कोरोना संक्रमणका कारण सोमबारदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएर उपचाररत छन् । संविधानको धारा १२९ को उपधारा ६ मा कायममुकाम प्रधानन्यायाधीशको व्यवस्था छ । जसमा, ‘कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ ।

Advertisement

बार अध्यक्ष श्रेष्ठ अहिलेको अवस्थामा प्रधानन्यायाधीश विदा बसेको घोषणा गर्न आवश्यक नै नभएको बताउँछन् । ‘प्रधानन्यायाधीशज्यू आफ्नो काम गर्न असमर्थ हुनुहुन्छ । उहाँ अस्पतालमा भएकाले न अदालतका कर्मचारी भेट्न मिल्छ, न अदालतमा आउन सक्नुहुन्छ,’ श्रेष्ठले भने, ‘संविधानमा प्रधानन्यायाधीशले काम गर्न असमर्थ भएमा स्वतः वरिष्ठतम न्यायाधीश कामू प्रधानन्यायाधीश हुने व्यवस्था छ । हामीले त्यसको कार्यान्वयन हुनुपर्छ भनेका हौं ।’

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको तर भोलिपल्ट मंगलबार इजलास तोकेकोमा कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । त्यसमाथि बुधबार समेत उनी विदामा नबसेपछि दुवै बारका प्रतिनिधिहरु सबै इजलासमा पुगेर ध्यानाकर्षण गराएका हुन् । बार अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यू आइसोलेसनमा हुनुहुन्छ, उहाँले कागजात छुने र हस्ताक्षर गर्न मिल्दैन । यस्तो अवस्थामा किन उहाँ विदामा हुनुहुन्न र रिष्ठतम न्यायाधीशले कामूको भूमिका पाउनुभएको छैन भनी प्रश्न उठेको हो ।’

बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरु नै छलफलमा जुटे ।

छलफलका क्रममा केही न्यायाधीशले अब पनि यो वा त्यो बाहनामा इजलास अवरुद्ध गर्न नहुने धारणा राखेका थिए । केहीले भने बारका पदाधिकारीहरुले नै अनुरोध गरेपछि आफूहरुले जबर्जस्ती रुपमा सुनुवाइ गर्न नसक्ने धारणा राखेका थिए । यद्यपि गोलाप्रथा अस्वीकार गरेको सन्देश जान नहुनेमा सबै सतर्क थिए ।

इजलास–इजलासमा पुगेका बारका पदाधिकारीहरुले पनि गोला प्रक्रियामा कुनै असहमति नभएपनि न्यायपालिकाको नेतृत्वको अन्यौलता हट्नुपर्ने धारणा राखेका थिए । बार अध्यक्ष श्रेष्ठले न्यायपालिका केही क्षणका लागि पनि नेतृत्वविहीन हुन नसक्ने भन्दै तत्काल कामू प्रधानन्यायाधीशको व्यवस्था हुनुपर्ने माग गरे । उनले भने, ‘न्यायप्रशासनको जिम्मेवारी लिने मान्छे नभएको अवस्थामा हामी कसरी इजलासमा पुगेर बहस गर्न सक्छौं र ?’

ती न्यायाधीशका अनुसार, सबै न्यायाधीशहरुको छलफलले प्रधानन्यााधीश जबराको ‘अफिसियल स्टाटस’का वारेमा बुझ्न मुख्यरजिष्ट्रारलाई खटाउने निर्णय गरेको छ । मुख्यरजिष्ट्रार लालबहादुर कुँवरले प्रधानन्यायाधीश जबरासँग सम्पर्क गरेर उनी काम गर्न समर्थ भए/नभएको तथा बिदामा बसे/नबसेको निक्यौल गर्न भनेका छन् । साथै सबै न्यायाधीशहरुले उनी विदा बसे हुने भन्ने अप्रत्यक्ष सन्देश पनि प्रवाह गरेका छन् ।

अर्कोतर्फ बारका पदाधिकारीहरुले चासो देखाएपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले बिहीबार बारका पदाधिकारीहरुसँग छलफल गर्ने योजना बनाएका छन् । न्यायाधीशहरुले त्यसका लागि बिहीबार विहान १० बजेको समय तय गरेका छन् । ‘त्यतिबेलासम्म मुख्यरजिष्ट्रारज्यूले प्रधानन्यायाधीशज्यूको धारणा ल्याउनुहुन्छ । हामी पनि बारका पदाधिकारीसँग छलफल गर्छौं’ ती न्यायाधीशले भने, ‘छलफलपछि नियमित रुपमा इजलास सञ्चालन होला भन्ने अपेक्षा छ ।’

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.