मङ्सिर १६, काठमाडौं ।स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हराएको छ।आज बिहान भएको खेलमा रियलले एथ्लेटिकोलाई १–० ले हराएको हो। रियलका करिम बेन्जिमाले खेलको ४० औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो।रियल मड्रिड १५ खेलमा ३६ अङ्कसहित शीर्ष स्थानमा छ। एथ्लेटिको क्लब भने १५ खेलमा २० अङ्कसहित आठौँ स्थानमा यथावत छ।
Advertisement

