मङ्सिर ०८, काठमाडौं ।काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएका छन् ।अहिले काठमाण्डौको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।
अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ ।
Advertisement
यति बेला काठमाण्डौ विश्वका प्रदूषित हावा भएको सहरहरूको सूचीमा चौथो नम्बरमा रहेको छ । सबैभन्दा धेरै प्रदूषित हावा भएको सहरमा भारतको केन्द्रीय राजधानी दिल्ली र दोस्राेमा पाकिस्तानको लाहोर र तेस्रोमा भारतकै कोलकत्ता शहर रहेकाे छन् ।

