मङ्सिर ०५, काठमाडौं । मोवाइल एप ह्वाट्सएपको नयाँ बेटा भर्सन सार्वजनिक भएको छ।
यसअघि ह्वाट्सएपको विण्डोज ११ भर्सनमा फेला परेका विभिन्न कमजोरीलाई समाधान गर्दै कम्पनीले नयाँ भर्सन उपलब्ध गराएको हो।
Advertisement
कम्पनीले पुरानो विण्डोजमा उपलब्ध गराउँदै आएको एपमै परिवर्तन गरेर विण्डोज ११ का लागि यूडब्लूपी भर्सन उपलब्ध गराएको हो। जुन प्रयोगकर्ताले माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन्।
यूडब्लूपीमा आधारित नयाँ भर्सनको एपको फ्रन्टइन आकर्षक बनाइएको छ। साथै नयाँ भर्सनमा ‘मल्टिडिभाइस सपोर्ट’ समेत उपलब्ध छ।
यसका साथै ह्वाट्सएपमा भिडियो कलिङमा समेत नयाँ अनुभव लिन सकिने जनाइएको छ। त्यस्तै यसको नोटिफिकेशन सिस्टमा समेत फरक रहेको उल्लेख गरिएको छ।

