किरण रानामगर
मङ्सिर ०२, चितवन । मनि ट्रान्सफर सेवा आइएमईले आयोजना गरेको ‘वर्ड टुर विथ साइग्रेस’ अन्तर्गत भोलि (शुक्रबार) चितवनमा इभेन्ट हुने भएको छ । कम्पनीले नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यही कार्तिक २३ गतेदेखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म उक्त कार्यक्रम आयोजना गरेको हो ।वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्दै आइरहेको छ ।
साईग्रेस पछिल्लो समय युवाहरुहरुमाझ निकै लोकप्रिय भएका छन । नोबेम्बर ९ तारिखका दिन पश्चिम धनगढीबाट शुरु भएक्क हकार्यक्रम, १३ नोबेम्बरमा झापा, १५ नोबेम्बर धरानमा भएको थियो भने भोलि १९ नोबेम्बरमा चितवनमा हुँदै छ । त्यस्तै २० नोबेम्बरमा बुटवल २२ नोबेम्बरमा पोखरामा, र ३ डिसेम्बरमा काठमाडौंमा कार्यक्रम गरिने कम्पनीले जानकारी दिएको छ ।कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ भने एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रोनबी रहेको छ ।
यता चितवनमा पनि भोलिको कार्यक्रमको लागि आवश्यक तयारी भैरहेको र बेल्का सम्म मा सम्पुर्ण तयारी पूरा हुने इभेन्ट अर्गनाईजर भुवन तिवारिले जानकारी दिनुभयो । भोलि दिउँसो 2:30 बजे बाट चितवन गार्डेन रिसोर्टमा कार्यक्रम हुने तिवारिले जानकारी दिनुभयो । उहाले सबैलाई आएर कार्यक्रम सफल पारिदिन पनि अनुरोध गर्नुभयो ।
त्यस्तै स्टोरी टेलर साइग्रेसले पनि आज आफ्नो सामाजिक सन्जाल फेसबुकमा एउटा भिडियो सामग्री सार्वजनिक गर्दै चितवनमा हुने कार्यक्रममा सहभागि हुन सबैमा अनुरोध गरेको छ ।
आईएमईको वर्ड टुर विथ साईग्रेस अन्तर्गत भोलि चितवनमा हुँदै
आईएमईको वर्ड टुर विथ साईग्रेस अन्तर्गत भोलि चितवनमा हुँदै
Advertisement
तपाईको प्रतिक्रिया

