भरतपुर, मङ्सिर २।
लामो समयको कोरोनाको कहर र लकडाउन पछि भरतपुरको स्नुक्स क्याफे एन्ड पबमा संगीतकार ओसिश थापाको प्रस्तुति रहने भएको छ।
टिएस इभेन्टसले आयोजना गरेको नाइँट सो मा म्युजिसियन/ संगीतकार ओसिश थापा आउने भएका हुन। कार्यक्रम मङ्सिर ३ गते शुक्रबार साझ ५ बजेबाट भरतपुरको पुरानो मेडिकल कलेज अगाडि रहेको स्नुक्स क्याफे एन्ड पबमा हुने भएको छ।
Advertisement
लामो समय देखी सङ्गित प्रेमीहरुले लाइभ म्युजिक इभेन्ट हेर्न नपाएको अबस्थामा उनिहरुलाई मनोरञ्जन प्रदान गर्ने हेतुले उक्त इभेन्ट आयोजना हुन लागेको संयोजक अनिल मगरले जानकारी गराए।

