असोज १९, चितवन । कारागार बन्दिहरुलाई सकारात्मक सोच र ज्ञान अभिबृद्दिको अभिप्रायले ज़िल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढ को संयुक्त अभियान ,पुस्तक संकलन अभियान ले तीव्रता लिएको छ ।
सोमवार एमनेस्टी इन्टरनेसनल नारायणी समूह ३३ ले मानवअधिकार सम्बन्धि प्रकाशन गरिएको पुस्तक हस्तान्तरण गरेंको छ ज़िल्ला प्रहरी कार्यालय चितवन का प्रमुख प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारी को प्रमुख आतिथ्य मा सो कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रम मा एमनेस्टी नेपाल नारायणी समूह ३३ का संयोजक कालिका प्रसाद पन्डित ,पुर्व संयोजक नवीन रिजाल, सचिब सबिना घिमिरे, एमनेस्टी इन्टरनेसनल नेपालका पुर्व केन्द्रिय सदस्य तथा सो कार्यक्रमका संयोजक तथा सामाजिक अभियान्ता अर्जुन अधिकारिको उपस्थिति रहेको थियो। असोज ०९ गते बाट पुस्तक सङ्कलन कार्य सुरु भएकोमा यसलाई निरन्तरता दिने समेत संयोजक अधिकारिले बताउनुभयो।

