चितवन, असोज १८ ।
भरतपुुरमा भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ । १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर महानगरपालिका ११ बसेनीमा रहेको सवस्टेशनमा ब्रेकर र केवल परिर्वतन र स्तरोन्नतीको काम हुने भएकाले विद्युत अवरुद्ध हुने भएको हो ।
Advertisement
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।
भिसिबि र लोड ब्रेकर पूरानो भइसकेका र कम क्षमताका पनि भएकाले नयाँ फेर्न लागिएको उहाँले बताउनुभयो ।
गत शनिवार सवस्टेशनमा २ वटा ब्रेकर पड्किएको थियो । स्तरोन्नती गरेपछि भरतपुरमा भोल्टेजको समस्या, केबल पड्कने समस्या समाधान हुने उहाँले जानकारी दिनुभयो ।

