असोज १६, काठमान्डौ । माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । यसअघि हिजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।
Advertisement

