भरतपुर, १२ असोज।
सामाजिक संस्था हाम्रो जन्मभुमिका मानर्थ सदस्य ओमप्रकाश सुबेदिको जन्मदिन साहाराको घरमा मनाइयो।
बिराटनगर स्थाइ बसोबास भै हाल अमेरिका मा रहनु हुने बाबा हरि सुवेदी तथा माता निस्णु सुबेदिका पुत्र जन्मभुमि संस्थाका मानार्थ सदस्य तथा सामाजिक ब्यक्ति ओमप्रकाश सुबेदिको २५ औं जन्मदिनको अबसरमा भरतपुर १२ मा रहेको साहाराको घरमा रहनु हुने २८ जना बालबालिकाको लागि एकदिने खाना तथा अक्षय कोष निर्माण लागि सहयोग गर्नु भएको छ । 
उक्त कार्यक्रम को संयोजन हाम्रो जन्मभुमि का मानार्थ सदस्य तुलसी प्रसाद भट्टले गर्नुभएको थियो।
कार्यक्रम को विशिष्ट अथिती साहारा को घर कि संरक्षक कुसुम साहारा तथा प्रमुख अतिथी हाम्रो जन्मभूमि का सस्थापक अध्यक्ष इन्द्र आचार्य ले गर्नु भएको थियो।
कार्यक्रममा अतिथिका रुपमा हाम्रो जन्मभी कि मानार्थ सदस्य रचना बस्नेत, आजिबन सदस्य सम्जना ढकाल तथा सहयात्री हरु शान्ती अधिकारी र रेखा चौधरी साथै सामाजिक ब्याक्तित्व घनश्याम न्यौपाने तथा टिक टक हर्ट ग्रुप का चितवन प्रतिनिधि कृष्ण पुरि आदिको उपस्तिथि रहेको थियो।

यस अघि पनि हाम्रो जन्मभूमिले विभिन्न सामाजिक कार्यमा आफुलाई सक्रिय बनाइ रहेको छ।

