असोज ११, काठमान्डौ । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ।
आज (सोमबार) बिहान बसेको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक यही असोज १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
Advertisement
अध्यक्ष तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर अवरोध जारी राखेका थिए।
एमालेको अवरोधबीच अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अघि वढाएका थिए।अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

