असोज १०, चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेतृत्व चयनका लागि अहिले मतदान भईरहेको छ । भरतपुर महानगरपालिका मङगलपुरस्थित अतिथि पार्टी प्यालेसमा भैरहेको निर्वाचनमा हाल सम्म् ११ सय मत खसेको मतदान अधिकृत श्रीराम दवाडीले जानाकारी दिए ।
महानगर समिति चयनका लागि आज बिहान ९ बजे देखि शुरु भएको निर्वाचन दिउसोको ४ बजे सकिने छ । निर्वाचनस्थलको कम्पाउण्ड भित्र प्रवेश गरिसके पछी भने ४ बजे पछी पनि मतदान गर्न पाईने अधिकृत दवाडीले बताए ।
Advertisement
महानगर सभापतिका लागि ५ जनाले उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । वर्तमान सभापति भरत अधिकारी, हिरामणि अधिकारी, चित्रसेन अधिकारी, अर्जुन रिजाल र बचन कार्कीले सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।

