असोज १०, चितवन । नेपाली कांग्रेस राप्ती नगरकार्यसमितिको सभापतिमा देबेन्द्र लामा निर्वाचित भएका छन् । शनिबार राति गरिएको मतगणनामा १२७ मत प्राप्त गर्दै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नारायण उप्रेतीले ८७ मत प्राप्त गरे ।
हिजो अपरान्ह भएको मतदानमा कुल २२४ मत खसेको मतदान अधिकृत शिवराज अधिकारीले जानकारी दिए ।
यस्तै उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
Advertisement
त्यस्तै सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कंडेल निर्वाचित भएको मतदान अधिकृत अधिकारीले जानकारी दिए ।
यस्तै सह–सचिवमा मनोज तामाङ र सारा प्रजा निर्वाचित भएका छन् । निर्वाचित सबै लामा प्यानलका हुन् ।
यस्तै ६ जना नगर सदस्य भने सर्वसम्मत चयन भएको मतदान अधिकृत अधिकारीले जानकारीले दिए । राप्तीमा कुल २२७ जना मतदाता रहेका थिए ।

