भाद्र ३१, रुपन्देही । बुटवलमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेकाे लु २ ख ७८९ नम्बरको बस कालीकाचोक नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल र चौराहा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सिमसिम पानी परिरहेका बेला दुर्घटना भएको हुनसक्ने बताए पनि प्रत्यक्षदर्शीले भने तीव्र गतिका कारण दुर्घटना भएको बताएका छन् ।
Advertisement

