• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

कोरोना बीमाका नाममा ‘ठगी’ : बीमा शुल्क उठाएर भुक्तानी दिएनन्


भाद्र ३०, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणहरुलाई सास्ती दिएका छन् । कोरोना संक्रमण भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख जनाभन्दा बढीले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् । शुरुमा केही बीमितलाई भुक्तानी दिए पनि गत फागुनदेखि बीमा कम्पनीहरुले भुक्तानी दिनै ठप्प पारेका छन् । बीमा समितिका अनुसार हालसम्म डेढ लाखभन्दा धेरै जनाले कोरोना बीमावापतको भुक्तानी पाउँ भनेर दाबी पेश गरेका छन् । तीमध्ये एक तिहाइको पनि भुक्तानी भएको छैन । कोरोना बीमा गरेका निर्जीवन बीमा कम्पनीहरुले सरकारले रकम नदिएसम्म भुक्तानी नगर्ने भनेका छन् । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बिमक संघले बीमा समितिलाई पत्र पठाएर भुक्तानी गर्न नसकिने बताएको छ । संघका अध्यक्ष दीपप्रकाश पाण्डे सीईओ रहेको शिखर इन्स्योरेन्सले नै ठूलो परिमाणमा भुक्तानी दिन बाँकी छ । कोरोना बीमा गरेकाहरुले १३ अर्ब रुपैयाँको दाबी पेश गरेका थिए । बीमा समितिका अनुसार यीमध्ये ५० हजार हाराहारीले मात्र भुक्तानी पाएका छन् । यसमा बीमा कम्पनीहरुले एक रुपैयाँ पनि आफ्नो रकम लगानी गरेका छैनन् । ५० हजार हाराहारीलाई भुक्तानी भएको करिब ३ अर्ब रुपैयाँमध्ये २ अर्ब सर्वसाधारणबाटै उठाएको रकम हो भने १ अर्ब बीमा समितिले दिएको हो ।

Advertisement

२० वटा निर्जीवन बीमा कम्पनीले ‘पुल’ माध्यमबाट एक लाख र ५० हजार रुपैयाँको कोरोना बीमा गरेका थिए ।

Advertisement

सरकारको निर्णय कार्यान्वयन नहुँदा समस्या

बीमाको सामान्य सिद्धान्त अनुसार युद्ध र महामारीको बीमा हुँदैन । तर, नेपालका बीमा कम्पनीहरु निकै हौसिएर कोरोना बीमा पोलिसी बिक्री गर्न थालेका थिए । उनीहरुले नेपालमा धेरैलाई कोरोना नलाग्ने र बीमा शुल्क उठाएर निकै कमाउन सकिने ठानेर हौसिएका थिए । तर, उनीहरुको अनुमानले फेल खायो ।

कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि बीमा कम्पनीहरुले पोलिसी नै बन्द गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा समिति र बीमा कम्पनीहरु बोलाएर पोलिसी बन्द नगर्न भन्दै बीमा दाबी भुक्तानीमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसबेला सर्वसाधारणबाट उठाएको रकमसम्म बीमा कम्पनीले, त्यसमा अपुग १ अर्बसम्म बीमा समितिले र बाँकी अपुग रकम सरकारले दिने सहमति भएको थियो । सर्वसाधारणबाट उठाएको ३ अर्ब रकम बीमा कम्पनीहरुले भुक्तानी दिएका पनि छन् । यसमा थप एक अर्ब बीमा समितिले दिएको छ । अरु रकम सरकारले नदिएको भन्दै बीमा कम्पनीहरुले भुक्तानी रोकेका छन् ।

तत्कालीन अर्थमन्त्री पौडेलले ७ दिनभित्रै भुक्तानी दिने निर्णय गरेका थिए, जुन कार्यान्वयन भएन । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले बीमा कम्पनीहरुले बीमा गरेको रकम उनीहरुकै जिम्मेवारी हो भन्दै भुक्तानी रोकिदिएका छन् । आइतबार पनि उनले यस्तो भुक्तानी दिन नसकिने दोहोर्‍याए ।

अघिल्लो सरकारको निर्णय कार्यान्वयन नगरेका अर्थमन्त्री शर्माले बीमा कम्पनीहरुलाई नयाँ निर्देशन पनि दिएका छैनन् । बीमा समितिले भने बीमा गरिसकेपछि भुक्तानी दिनैपर्ने निर्देशन दिएको जनाएको छ ।

बीमा कम्पनीहरुले ५०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार तिरेर एक लाख रुपैयाँको कोरोना बीमा गर्न सक्ने व्यवस्था गरेका थिए । सामूहिक बीमा गर्दा भने ३०० तिरेर ५० हजार र ६०० रुपैयाँ तिरेर १ लाख रुपैयाँको बीमा गर्न सकिने व्यवस्था गरेका थिए ।

शुरुमा कोरोना पोजिटिभ भएपछि बीमाबापतको पूरै रकम दिने गरिएकोमा पछि पोजिटिभ आए २५ प्रतिशत र बाँकी ७५ प्रतिशतसम्म रकम होटल आइसोलेसन वा अस्पताल बसेको बिल भर्पाइ पेश गरेपछि मात्र दिने व्यवस्था गरियो ।

‘जनतालाई ठग्ने काम गर्नु भएन’

बीमा विज्ञ डा. रवीन्द्र घिमिरे कोरोना बीमा पोलिसी ल्याउनु नै गलत भएको बताउँछन् । र पनि, बीमा गर्छु भनेर जनताबाट पैसा उठाइसकेपछि भुक्तानी रोक्न नमिल्ने उनले बताए ।

जनताबाट प्रिमियम लिएर भुक्तानी नदिए सिधै ठगी हुने उनको भनाइ छ । ‘पोलिसी ल्याइसकेपछि सर्वसाधारणले त किन्ने नै भए,’ उनी भन्छन्, ‘बीमा गर्छु भनेर पैसा लिएपछि पेश भएको दाबीको भुक्तानी पनि दिनु पर्‍यो ।’

बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.