भाद्र २५, चितवन । संघीय सरकार मातहतमा रहेको भरतपुर अस्पतालको सूचना अधिकारी परिवर्तन भएको छ । अस्पतालका सिनियर अहेव अधिकृत गोपालप्रसाद पौडेललाई सूचना अधिकारीको जिम्मेवारी दिइएको अस्पतालले जनाएको छ । यसअघि लिलाधर पौडेल सूचना अधिकारी थिए । अस्पतालको सूचना प्रवाहको लागि पौडेललाई जिम्मेवारी प्रदान गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । सूचनाको हक सम्बन्धि ऐन २०६४ दफा ६ मा भएको ब्यवस्था अनुसार पौडेललाई सूचना प्रवाहको जिम्मेवारी दिइएको डा.पौडेलले बताए।
Advertisement

