भाद्र २५, डोटि । डोटीको दिपायल सिलगढी नगरपालिका–८ सेटी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका कम्तीमा पनि दुई सय घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण जमिनको भित्री भागमा पानीको मुहान फुट्ने, जमिन दलदल भएकाले पहिरो आउन थालेको स्थानीय ७८ वर्षीया हरिना कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो अहिले पनि बेला बेलामा आउन थालेको छ, रोकिन सकेको छैन । गाउँको तल र माथिबाट लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य पानी पर्दा समेत गाउँ नै बग्ने डरले राति निद्रा नलाग्ने वडाअध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरै गाउँको पहिराेकाे जाेखममा छ, राति ठूलो वर्षा भए पूरै गाउँ बग्ने चिन्तामा यहाँका नागरिकलाई राति राम्रोसँग निन्द्रा समेत पर्न छोडेको छ ।” गाउँमा आउने पहिरो नरोकिने अवस्था आएपछि यहाँका नागरिक गाउँ छोडेर अन्यत्र जाने अवस्थामा रहेका छन् । पहिरो नियन्त्रण नहुञ्जेलसम्म यहाँको बस्ती सार्नुपर्ने स्थानीयको माग छ ।
गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि दुईसय घर जोखिममा
गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि दुईसय घर जोखिममा
तपाईको प्रतिक्रिया

