भाद्र २४, चितवन । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेङ कर्पोरेसन (MCC) को बिरोधमा चितवनको चौबिसकोठिमा स्वतन्त्र युवाहरुको समुहले बिरोध प्रदर्शन गरेको छ । एमसिसी रास्ट्रघाती आयोजना भएको भन्दै युवाहरुले बिरोध गरेका हुन । यसै आयोजनाको बारेमा छलफल गर्न को लागि अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट काठमाडौँ आउँदै छन्। सम्झौता भए देखि नै यसको बिरोध भैरहेको छ ! नेपाल र नेपालिको हित बिपरित भएको भन्दै सुरुवाती चरणदेखि नै यसको बिरोध भैरहेको थियो ! युवाहरुले रास्ट्रघाती एमसिसी चाहिदैन, देशलाई पैसामा बेच्न पाईदैन, रास्ट्रघाती सम्झौता खारेज गर, गो ब्याक एमसिसी , देशको स्वाभिमान बेच्न पाईदैन लगायतका प्लेकार्ड सहित बिरोध गरेका थिए ! 
एमसिसिको बिरोधमा चितवनको चौबिसकोठिमा बिरोध प्रदशर्न
एमसिसिको बिरोधमा चितवनको चौबिसकोठिमा बिरोध प्रदशर्न
Advertisement
तपाईको प्रतिक्रिया

