भाद्र २४, चितवन। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २१ गते भएको वडा अधिवेशनमा राप्ती नगरपालिका-१ को सभापतिमा काशिराम चालिसे निर्वाचित भएका छ्न।
सोमबार भएको निर्वाचनमा काशिराम चालिसेले सभापति कै अर्का उम्मेद्बार हर्क बहादुर तामाङलाई २१ मतले हराएर सभापति हुन सफल भएका हुन।
कुल १४२ क्रियाशिल सदस्य मध्य १३१ जनाले मत हालेका थिए। जसमा चालिसेको पक्षमा ७१ मत र अर्का उम्मेद्बार हर्क बहादुर तामाङको पक्षमा ५० मत खसेको थियो भने १० मत बदर भएको थियो।
नेपाली युवाहरु माझ लोकप्रियता कमाई सकेका चालिसे चितवन जिल्ला कै कान्छो वडा सभापति हुन सफल भएका छ्न। उनि २६ वर्षको उमेरमा सभापति बनेका छ्न। आगामी दिन वडावासि सम्पूर्ण नागरिकको हक-हितका लागि काम गर्दै नेपाली काङ्ग्रेसको विधि,बिधान र नियममा रहि अग्रजहरुलाई आदर गर्दै आवश्यक सरसल्लाह गरि सबैलाई साथमा लिएर पार्टीको क्रियाकलाप अघि बढाउने प्रतिबद्दता चालेसेले ब्यक्त गरेका छ्न।

