भदौ २२ काठमाडौं । एमसीसीको विरोधमा मसाल जुलुस निकालेको आरोपमा प्रहरीले नेपालका लागि नेपाली पार्टीमा आवद्ध ५ जनालाई पक्राउ गरेको छ । नवराज कार्की र सुस्मितासहित ५ जनालाई प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको नेपालका लागि नेपाली अभियानका अगुवा डा. सुरेन्द्र भण्डारीले बताए ।पक्राउ गरिएकाहरूलाई महानगरीय प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । बुधवार दिउँसो सो पार्टीले माइतीघर मण्डलामा एमसीसीको बिरुद्धमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रचार–प्रसार गर्दा प्रहरीले नियन्त्रणमा लिएर राष्ट्रिय झण्डा र पर्चा जफत गरेको डा. भण्डारीले बताए ।
Advertisement

