भाद्र १९, चितवन । नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ ले आफ्नो वडाको मतदाताको नाम हटाएको प्रति आपत्ति जनाएको छ । वडा नम्बर ७ सभापति काशीराम अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वडामा रहेका क्रियाशील सदस्य मतदाताको दुईपटक गरी ३८ जनाको नाम हटाइएकोमा भत्र्सना गरेको हो । जिल्ला कार्यसमिति चितवनलाई लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांँग्रेस वडा समिति,महानगर समिति , प्रदेश सभा, प्रतिनिधि सभा, क्षत्रीय र जिल्ला समितिले समे सर्वसम्मत सिफारीश भई केन्द्रीय समितिबाट अनुमोदन भएका २०३ जना मध्ये १९ जना नाम कटाई अन्तिम नामावली प्रकाशित गरेपछि पनि थप १९ जना समेत गरी ३८ जनाको नाम हटाएर परिपत्र गरेर कार्यकर्तालाई अपमानित गर्ने र तहसनहस गर्ने निहित अभिप्रायले गरिएको सहजै प्रष्ट छ ।’
कसैको व्यत्तिगत चाहना पुरा गर्न कुत्सित मनसाय प्रेरित पठाईएको परिपत्रको विज्ञप्तिमा घोर निन्दा गरिएको छ । यो निर्णय पार्टीको हित विपरीत भएकोले कथित निर्णय भएको भन्दै निर्णय फिर्ता लिन सम्बन्धित पक्षसंँग जोडदार माग समेत विज्ञप्ति मार्फत गरिएको छ ।
मतदाताको नाम हटाएको प्रति आपत्ति
मतदाताको नाम हटाएको प्रति आपत्ति
Advertisement
तपाईको प्रतिक्रिया

