चितवन भदौ ०८ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सिइयो चन्द्रशिह साउदले आफ्नो पदबाट राजीनामा दिएका छ्न। आज उनले अर्थ मन्त्रालयमा गएर राजिनामा पत्र बुझाएका हुन। पत्र बुझाए संगै उनले पत्रकार सम्मेलन पनि गरेका छ्न। केहि दिन अगाडि आफ्नो श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेकाले उनि विवादमा आएका थिए।
त्यस कारण पनि उनलाई अर्थ मन्त्रालयबाट स्पस्टिकरण समेत मागिएको थियो। सथै साउदलाई अर्थ समितिका सदस्यहरुले निलम्बन गरि कार्वाही गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण समेत गरेका थिए।
Advertisement
साउदको अझै ३ महिने कार्यकाल बाकि नै थियो।

