• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

आज जनै पूर्णिमा पर्व मनाइँदै


भाद्र ०६  , काठमाण्डाै  । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नयाँ जनै अर्थात यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

Advertisement

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

Advertisement

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा अहिलेसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरेर मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

तागाधारीले जनै धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरि तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरि एक छाक मात्र खाएर चोखोनीतो गरि बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गएर गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरेर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरमा रहेकाे अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाण्डौ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरि सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

पशुपतिनाथ मुल मन्दिरलगायत देशभरका महत्त्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । मन्दिरमा नित्य पूजाबाहेकका कर्म निषेध गरिएको छ । पशुपतिनाथलगायत मन्दिर परिसरको बाहिरी क्षेत्रमा भने जनै फेर्ने र डोरो बाँध्ने भक्तजनको गएकाे वर्ष पनि भीड लागेको थियो ।

क्वाँटीको परम्परा

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतिपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना जोखिमका कारण धेरै स्थानका मेला स्थगित गरिएको छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.