भदौ ५, चितवन।
ब्लड डोनर्स सोसाइटी नेपालले ११ सदस्यीय काठमाडौ जिल्ला समिती तयार गरेको छ । समितीमा अध्यक्ष राजिव श्रेष्ठ , उपाध्यक्षमा उस्मिता थापा सचीवमा सुनिल प्रजापती उपसचिवमा मदन कुमार कोशी कोशाध्यक्षमा राजेन्द्र महर्जन सहकोशाध्यक्षमा मनिशा प्रजापति सदस्यहरु समेत रहने गरि कार्यसमिति बनाइएको छ ।
मानवताका लागि मानव भन्ने मुल नाराका साथ स्थापना भएको यस सस्थाले बिगतमा थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ ।
Advertisement
सस्थालाई देशब्यापी रुपमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै जाने र समाज सवलिकरण तथा सुदृढीकरणका लागि सकारात्मक धारणा बिकास गर्ने उद्देश्यले समिती तयार गरि कार्यक्षेत्र बिभाजन गरिएको सस्थाका सचीव अन्जन दवाडीले बताए।

