किरण रानामगर भाद्र ०५, चितवन । नेपाली काङ्ग्रेस कालिका नगरपालिका वडा न.२ को आयोजनामा पार्टी कार्यालय उदघाटन र नव प्रबेशी कार्यकर्ताहरुलाई पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरिएको छ ! नेपाली काङ्ग्रेस कालिका नगरपालिका वडा न. २ का वडा सभापति दुर्गा प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ रहेका थिए ! त्यस्तै विशिस्ट अथितिहरुमा जिल्ला सचिब उत्तम जोशि ,कमल प्रसाद आचार्य , सरोज गुरुङ, कृष्ण कुमार श्रेष्ठ , भरत लामिछाने ,जनार्दन दाहाल, राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ! सम्पन्न कार्यक्रमबाट ५० जना भन्दा धेरै कार्यकर्ताहरुलाई राजकुमार अधिकारिको संयोजकत्वमा जिल्ला सभापति जितनारायण श्रेष्ठले खादा र अबिर लगाएर पार्टी प्रबेश गराएका थिए !
कार्यक्रममा बोल्दै जिल्ला सभापति श्रेष्ठले आगामी चुनाबमा स्थानिय , पालिका र प्रदेश तिनै तहमा काङ्ग्रेस हाबी हुने दाबी गरेका छन ! यस अघिको चुनाबमा सानो मतान्तरले पराजित भएको भन्दै आगामी हुने स्थानिय चुनाबमा कालिकामा मात्र नभै जिल्ला भरी नै काङ्ग्रेसको वर्चस्व हुने बताएका हुन ! कार्यकर्ताहरुको जोस र जागर देख्दा आगामी चुनाबमा काङ्ग्रेसको स्पष्ट जित हुने कुरामा कुनै दुईमत नरहेको श्रेष्ठको दाबी रहेको छ ! साथै आजै बाट चुनाबको तयारिमा लाग्न समेत पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिईएको छ !
झण्डै ५०भन्दा धेरै युवाहरु काङ्ग्रेसमा प्रबेश
झण्डै ५०भन्दा धेरै युवाहरु काङ्ग्रेसमा प्रबेश
Advertisement
तपाईको प्रतिक्रिया

