भाद्र ०४ , दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन । दाङको शान्तिनगर गाउँपालिका -४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement

