• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै


कात्तिक १२, चितवन –

Advertisement

स्तन क्यान्सरको समयमै पहिचान र उपचारको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले लायन्स क्लब अफ भरतपुर उज्यालोले ‘पिंक म्याराथन एन्ड जुम्बा’ कार्यक्रम आयोजना गर्ने भएको छ।

Advertisement

कात्तिक १४ गते शनिबार बिहान ५ः३० बजेदेखि सञ्चालन हुने कार्यक्रममा स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउनुका साथै शारीरिक व्यायाम र स्वस्थ जीवनशैलीको महत्त्वबारे जानकारी दिईने बताईएको छ ।

कार्यक्रमकी संयोजक सुनिता घिमिरेले स्तन क्यान्सरको समयमै पहिचान र उपचारबारे आम नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने सम्भावना बढ्छ। यस रोगबारे समाजमा जनचेतना फैलाउने, महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बुझाउने उद्देश्यले हामीले ‘पिंक म्याराथन एन्ड जुम्बा’ कार्यक्रम आयोजना गर्न लागेका हौँ।”

घिमिरेका अनुसार कार्यक्रमले स्तन क्यान्सरको प्रारम्भिक लक्षण पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचार गराउनुपर्ने सचेतता एवं सन्देश प्रवाह गर्नेछ। उहाँले स्वास्थ्य सचेतनासँगै शारीरिक सक्रियता बढाउन पनि कार्यक्रमले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

म्याराथन पुल्चोकबाट सुरु भई शहीदचोक, लायन्सचोक हुँदै चौबीसकोठी पुगेर समापन हुनेछ। त्यसपछि साथै चौबीसकोठीमा जुम्बा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जेनी नापित र जुम्बा प्रशिक्षक लक्ष्मी भुमीको सहभागिता रहनेछ। स्वास्थ्य सचेतना र शारीरिक सक्रियतालाई जोड दिँदै आयोजना गर्न लागिएको कार्यक्रममा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

‘अर्ली डिटेक्सन सेभ्स लाइभ्स’ अर्थात् समयमै रोग पहिचान गर्दा जीवन बचाउन सकिन्छ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन आयोजकले सबैलाई आग्रह समेत गरेको छ।

‘स्वस्थ समुदाय, उज्ज्वल भविष्य’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमले स्तन क्यान्सरसम्बन्धी भ्रम हटाउन, स्वास्थ्य परीक्षणप्रति सचेतना बढाउन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

भर्खरै

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ३.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ८.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.