• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड


चितवन । मानव बेचबिखन, घरेलु हिंसा तथा विभिन्न कारणले जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण, उद्धार, पुनर्स्थापना र आत्मनिर्भरता निर्माणमा सक्रिय थ्री एन्जल नेपाल, पूर्वी चितवनले राप्ती नगरपालिका र मकवानपुरको मनहरी गाउँपालिकामा शिक्षा, आयआर्जन तथा कृषि क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Advertisement

पूर्वी चितवनको लोथरमा लामो समयदेखि कार्यालय सञ्चालन गर्दै आएको संस्थाले एक दशकभन्दा लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाकी पूर्वी चितवन प्रमुख सुनिता सिल्वालले बताउनुभयो।
संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना, मानव बेचबिखनमा परेकाको उद्धार, परिवारसँग पुनर्मिलन, सीप विकास तथा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको सिल्वालले बताउनुभयो।

Advertisement

२५१ छात्रालाई तीन वर्षसम्म शैक्षिक सहयोग:
आर्थिक अभावका कारण विद्यालय जान तथा नियमित पठनपाठन गर्न कठिनाइ भइरहेका राप्ती नगरपालिका तथा मनहरी गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २५१ जना छात्रालाई तीन वर्षसम्म आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने कार्यक्रम संस्थाले अघि बढाएको छ।
संस्थाका अनुसार छात्राहरूलाई पठनपाठनका लागि आवश्यक स्टेसनरी सामग्री, लत्ताकपडा तथा खाजा उपलब्ध गराउनुका साथै आवासको समस्या भएका विद्यार्थीका लागि आवास व्यवस्थापनमा समेत सहयोग गरिएको छ।
सिल्वालका अनुसार तीन वर्षको अवधिमा अध्ययनमा राम्रो प्रगति गर्ने तथा संस्थाको उद्देश्यअनुसार अगाडि बढ्ने विद्यार्थीलाई आवश्यकता र प्रगतिका आधारमा सहयोगको अवधि थप गर्दै कक्षा १२ सम्मको शिक्षामा समेत सहयोग गर्ने योजना रहेको छ।

विद्यालयगत विवरणअनुसार सिम्पानी माध्यमिक विद्यालय, मनहरी–८ का ६४, सुनाचुरी माध्यमिक विद्यालय, मनहरी–६ का ६०, हाङ्लाङ माध्यमिक विद्यालय, मनहरी–६ का २०, काशीरुमा निम्न माध्यमिक विद्यालय, राप्ती–४ का ४९, आपपानी माध्यमिक विद्यालय, राप्ती–११ का ३८ र स्वमिटार माध्यमिक विद्यालय, राप्ती–१० का ६० जना छात्रा गरी २५१ जना यस कार्यक्रमबाट लाभान्वित हुनेछन्।
यसका अतिरिक्त राप्ती र मनहरीका क्याम्पसमा अध्ययनरत करिब २५० जना छात्रालाई समेत सहयोग गरिएको संस्थाले जनाएको छ।

३०० परिवारलाई बिना धितो ऋण:
शिक्षासँगै आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले थ्री एन्जल नेपालले राप्ती र मनहरीका करिब ३०० घरपरिवारलाई आयआर्जनका लागि अत्यन्त न्यून ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको सिल्वालले बताउनुभयो।
सानो व्यवसाय सञ्चालन, कृषि तथा अन्य आयआर्जनका काम गर्न चाहने तर लगानीको अभावमा रहेका परिवारलाई लक्षित गरी यस्तो सहयोग गरिएको हो।
संस्थाको उद्देश्य तत्कालीन राहत उपलब्ध गराउने मात्र नभई परिवारलाई दीर्घकालीन रूपमा आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु रहेको सिल्वालको भनाइ छ।
हाङ्लाङका ५० परिवारलाई १० क्विन्टल अदुवाको बीउ
यसै क्रममा थ्री एन्जल नेपालले मनहरी गाउँपालिका–६ हाङ्लाङका ५० घरपरिवारलाई १० क्विन्टल अदुवाको बीउ वितरण गरेको छ।
हाङ्लाङ क्षेत्र अदुवा उत्पादनका लागि उपयुक्त भएकाले स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले अदुवाको बीउ वितरण गरिएको संस्थाले जनाएको छ।
स्थानीयस्तरमा उपलब्ध स्रोत, सीप र सम्भावनाको उपयोग गर्दै परिवारको आयस्तर वृद्धि गर्ने उद्देश्यले कृषि तथा अन्य आयमूलक कार्यक्रमलाई समेत संस्थाले प्राथमिकतामा राखेको छ।

संरक्षणदेखि आत्मनिर्भरतासम्म:
महिला तथा बालबालिकामाथि हुने हिंसा, मानव बेचबिखन तथा आर्थिक र सामाजिक जोखिम न्यूनीकरणका लागि उद्धार मात्र पर्याप्त नहुने भन्दै संस्थाले उद्धार, पुनर्स्थापना, शिक्षा, सीप विकास र आयआर्जनलाई एकीकृत रूपमा अघि बढाउँदै आएको जनाएको छ।
थ्री एन्जल नेपाल मानव बेचबिखनविरुद्ध काम गर्ने गैरनाफामूलक सामाजिक संस्था हो। मुख्य कार्यालय पोखरामा रहेको संस्थाले चितवनसहित आसपासका क्षेत्रमा सामाजिक तथा उद्धारका गतिविधि सञ्चालन गर्दै आएको छ।
मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण तथा उद्धारसँगै लामो समयदेखि बेपत्ता भएका वा बेचबिखनमा परेका किशोरीको उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने कार्यसमेत संस्थाले गर्दै आएको जनाएको छ।
त्यस्तै, चितवनका ग्रामीण तथा पिछडिएका क्षेत्रमा विपन्न परिवार, चेपाङ समुदाय तथा विद्यालयका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोगलगायतका राहत तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले बताएको छ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.