काठमाडौं । आगामी तीन दिन देशका प्रमुख नदी तथा खोलानालामा पानीको बहाव बढ्ने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम औँल्याएको छ ।
महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमानअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ । यद्यपि आगामी तीन दिन यीमध्ये अधिकांश नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

त्यसैगरी कन्काई, कमला र बागमती नदीमा पनि तीनै दिन बहाव उल्लेख्य बढ्ने सम्भावना छ । कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा भने सामान्य वृद्धि हुने महाशाखाको अनुमान छ ।
विशेषगरी भदौ २९ गते कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी आसपासबाट बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्नेछ ।
यी क्षेत्रमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । छोटो समयमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी, खोला तथा खोल्सी आसपासका बस्ती र सडक क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।
भोलि र पर्सि कोशी तथा मधेस प्रदेश भएर बहने केही साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले नदीको जलसतह र बहावमा हुने परिवर्तनलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी नदी तथा खोलाको किनार, तटीय बस्ती र जोखिमयुक्त भूभागमा बसोबास गर्नेले पानीको अवस्था बढ्दै गएमा सुरक्षित स्थानतर्फ जानुपर्नेमा जोड दिइएको छ ।