२५ भदौ, काठमाडौं –
सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ।
Advertisement
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री बालेन शाहले उनलाई आजमात्रै रिक्त भएको मन्त्री पदपुर्तिका लागि सिफारिस गरेका हुन्। आजैमात्र गौरी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।


