• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण


नुवाकोट – रसुवाबाट आएको भीषण बाढीका कारण प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनले नुवाकोटमा ५० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन्।

Advertisement

२०८३ साल भदौ १० गते रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित परिवारलाई लक्षित गरी विदुर नगरपालिका–९ मा राहत सामग्री वितरण गरिएको हो। विपद्का कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विभिन्न प्रकारका अत्यावश्यक सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ।

Advertisement

राहत सामग्रीअन्तर्गत लत्ताकपडा, जुत्ता–चप्पल, फेन्सी सामग्री, खाद्यान्न, सेनेटरी प्याड, ग्यास चुलोलगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री वितरण गरिएको थियो।

राहत वितरण कार्यक्रममा फेन्सी व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका प्रवक्ता सन्तोष पोखरेल तथा सदस्य विदुर रेग्मीलगायत सहभागी थिए।

विदुर नगरपालिका–९ का वडा अध्यक्ष कमल श्रेष्ठको रोहवरमा राहत सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो। राहत सामग्री पीडित समितिका संयोजक सिंगराज लामासहित प्रभावित परिवारको सहभागितामा सामग्री वितरण गरिएको हो। कार्यक्रममा म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ तथा विदुर नगरपालिका–९ का खेलकुद विकास समितिका अध्यक्ष विजय तामाङलगायतको पनि उपस्थिति थियो।

राहत वितरण कार्यक्रममा बोल्दै फेन्सी व्यवसायी महासंघ नेपालका अध्यक्ष रामप्रसाद पौडेलले विपद्को समयमा प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्न पाउनु व्यवसायी समुदायका लागि महत्वपूर्ण सामाजिक दायित्व भएको बताउनुभयो।

उहाँले राहत अभियानमा सहयोग गर्ने फेन्सी व्यवसायी संघ तथा महासंघमा आबद्ध सम्पूर्ण व्यवसायी, सदस्य तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, विदुर नगरपालिका–९ का वडा अध्यक्ष कमल श्रेष्ठले विपद्को समयमा प्रभावित परिवारको पीडामा साथ दिँदै प्रत्यक्ष रूपमा राहत सामग्रीसहित उपस्थित भएकोमा फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले निजी क्षेत्र तथा व्यवसायी समुदायबाट गरिने मानवीय सहयोगले विपद्बाट प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

विपद्का बेला व्यवसायी समुदायको सामाजिक उत्तरदायित्वलाई व्यवहारमै प्रस्तुत गर्दै गरिएको यस राहत वितरणबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री प्राप्त भएको आयोजकको भनाइ छ। साथै, यस अभियानले ‘व्यवसायसँगै सामाजिक सेवा’को भावनालाई थप मजबुत बनाएको बताइएको छ।

फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनले आगामी दिनमा पनि विपद् तथा कठिन परिस्थितिमा प्रभावित समुदायसँग सहकार्य गर्दै मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.