• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग


काठमाडौं–

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र श्रीराम न्यौपाने त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार तथा खोजी कार्यबाट फिर्ता भएका छन्।

Advertisement

पार्टीको सचिवालय बैठकको निर्णयअनुसार दुवै सांसद स्थलमार्गबाट काठमाडौं फर्किरहेका छन्। इन्जिनियरसमेत रहेका सांसद ढकालले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिसको आवाज सुनिएको र उद्धार कार्यले आशाजनक मोड लिएको बताएका छन्।

उनले लेखेका छन्, ‘आवाज सुनिएको छ, अब इन्जिनियरिङ काम सकिएको छ, उद्धारको टिमको काम अगाडि छ। इन्जिनियरिङ हिसाबले यो ऐतिहासिक सफलता हासिल भएको छ।’

उनका अनुसार करिब सातदेखि आठ दिन लगाएर २० हजार घनमिटरभन्दा बढी लेदो र ढुंगा हटाइएको हो। सीमित र यथास्थितिका उपकरण प्रयोग गरेर समेत ठूलो चुनौतीपूर्ण काम सम्पन्न गरिएको उनले बताएका छन्।

‘बोलेका होइनौँ, सल्लाह दिएका होइनौँ, गरेर देखाएका हौँ,’ ढकालले लेखेका छन्। ढकालका अनुसार उद्धार कार्यका क्रममा सुरुङ उत्खनन र ड्रिलिङको अनुभव भएका प्राविधिकहरूलाई समेत परिचालन गरिएको थियो। उनले यसपटक प्राप्त अनुभवलाई भविष्यका उद्धार तथा विपद् व्यवस्थापनका काममा प्रयोग गर्ने बताएका छन्।

उनले नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, नेपाल विद्युत् प्राधिकरण तथा नेपाल र विदेशबाट सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। ढकालले पैदल यात्रा गर्दै विदुर पुगेर त्यसपछि काठमाडौं फर्किने र पुनः सांसदको जिम्मेवारीमा फर्किने बताएका छन्।

उता तनहुँका सांसद तथा रास्वपाका ऊर्जा तथा खानी विभाग प्रमुख श्रीराम न्यौपानेले पनि सुरुङभित्रबाट मानिस बोलेको आवाज आएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको बताएका छन्।

‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ,’ उनले सामाजिक लेखेका छन्।

न्यौपानेले सुरुङभित्रबाट मानिसको आवाज सुनिनु आशाजनक संकेत भएको बताएका छन्। आफू बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा उद्धार तथा खोजी कार्यमा साइटमै संलग्न रहेको उल्लेख गर्दै अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्किने तयारीमा रहेको बताएका छन्।

रास्वपाको बिहीबार बसेको सचिवालय बैठकले त्रिशूली थ्री ‘ए’ सहित भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि थुनिएका सुरुङको उत्खनन तथा उद्धार कार्यमा सांसदहरूको उपस्थितिले कुनै अवरोध वा बाधा पुगे दुवैजनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

त्यही निर्णयअनुसार ढकाल र न्यौपाने उद्धारस्थलबाट फर्किएका हुन्। बाढीपछि उनीहरू नेपाली सेनाको हेलिकप्टरमार्फत जलविद्युत् आयोजनाको सुरुङ थुनिएको क्षेत्रमा पुगेका थिए।

फर्किने क्रममा भने उनीहरूले हेलिकप्टर प्रयोग नगरी स्थलमार्ग रोजेका छन्।

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.