काठमाडौँ-
विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रको समस्या र समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।
Advertisement
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साेमबार जारी वार्तामा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल केन्द्रित रहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
सभापति लामिछानेले आइतबार बाढी प्रभावित क्षेत्रका पालिका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसँग त्यहाँको समस्या र समाधानको विषयमा जानकारी लिएका थिए ।
बाढी आएको ६ दिन भइसक्दा पनि उद्धार र राहतको काम हुन नसकेको उनीहरूले गुनासो गरेका थिए । त्यसै पार्टीको तर्फबाट गठन गरेको संयन्त्रसँग पनि लामिछानेले ब्रिफिङ लिएका थिए।
मुख्यमन्त्री, पार्टी संयन्त्र र पालिका प्रमुखसँग कुराकानीपछि सभापतिले उद्धार, राहत र व्यवस्थापनको विषयमा आफूले सरकारसँग समन्वय गरेर पहल गर्ने प्रतिबद्धता जनाएका थिए।


