भरतपुर – देशमा उत्पन्न विषम परिस्थितिमा राहत तथा पुनःस्थापनाका लागि United Technical College (U-TEC) ले प्रधानमन्त्री राहत कोषमा रु. ५,५१,१५१ (पाँच लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) सहयोग गरेको छ।
कलेजका अध्यक्ष चुडामणि खनालले कलेजको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विपद्को यस कठिन घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कलेजले राहत कार्यमा सहयोग गर्ने निर्णय गरेको हो।
अध्यक्ष खनालले U-TEC का शिक्षक तथा कर्मचारीहरूबाट समेत व्यक्तिगत रूपमा छुट्टाछुट्टै सहयोग गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो। उहाँले कलेज परिवारको यो सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुर्याउन केही योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सामाजिक उत्तरदायित्व र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै U-TEC परिवारले आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने अध्यक्ष खनालले बताउनुभयो।


