काठमाडौँ –
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला भई बहने स-साना नदीहरूमा बाढीको जोखिम रहेको छ।
Advertisement
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ।
यस्तै, भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही स-साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ।


