चितवन –
चितवनको भरतपुर महानगरपालिका स्थित एक रिसोर्टमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न आरोपीमा पीडित परिवारले भरतपुर महानगरपालिका वडा नम्बर–७ घर भएका २८ वर्षीय सन्देश भट्ट विरुद्ध जाहेरी दिएका छन्।
Advertisement
भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ । साउन ३१ मा भएको सो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ। पीडितको तर्फबाट प्राप्त जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भुषण यादले बताए। उनले भने, ‘जाहेरी प्राप्त भएको छ, हामी अनुसन्धान गर्दै छौँ।’
बलात्कारमा संलग्न आरोपी भट्ट फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ।


