लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्रीको संयुक्त आयोजनामा चक्रवर्ती सामुदायिक वनस्थित चितवन युथ बगैँचामा सयपत्री फूलको बिरुवा रोपण तथा बगैँचा गोडमेल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत पाँच सयवटा सयपत्री फूलका बिरुवा रोपेर बगैँचाको हरियाली तथा सौन्दर्य अभिवृद्धिको अभियानलाई शुभारम्भ गरिएको हो। सो अवसरमा बगैँचाको गोडमेलसमेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर, नेपालका डिष्ट्रिक्ट गभर्नर PMJF लायन प्रभाकर पन्डित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा First VDG लायन दीपेन्द्र खतिवडा रहनुभएको थियो।
त्यसैगरी, चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिलबहादुर गुरुङ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले लायन्स क्लब अफ चितवन युथ र चक्रवर्ती सामुदायिक वनबीचको संयुक्त सहकार्यअन्तर्गत यसअघि सम्पन्न भएका विभिन्न फलफूलका बिरुवा रोपण कार्यक्रम, साथै गेट, कम्पाउन्डिङ तथा अन्य संरचना निर्माणमा क्लबले गरेको उल्लेखनीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सो अवसरमा अध्यक्ष गुरुङले लायन्स क्लब अफ चितवन युथका पूर्व अध्यक्ष लायन कमलबहादुर पौडेलले लायन्स क्लब र सामुदायिक वनलाई सहकार्यको माध्यमबाट जोड्दै अतुलनीय योगदान पुर्याउनुभएको उल्लेख गर्नुभयो। उहाँको पहल र योगदानले लायन्स क्लब तथा सामुदायिक वनबीचको सम्बन्ध थप मजबुत भएको समेत बताइएको थियो।
कार्यक्रममा जोन चेयरपर्सन ज्योति भन्डारी पौडेलले लायन्स क्लब अफ चितवन युथ र सयपत्री को साझा चौतारी को रुपमा रहेको यो स्थललाइ थप रमणिय बनाउन सयपत्री रोपियेको बताउनु भयेको थियो।
उक्त कार्यक्रम लायन्स क्लब अफ चितवन युथका अध्यक्ष MJF लायन शोभाखर अधिकारी तथा लायन्स क्लब अफ चितवन युथ सयपत्रीकी अध्यक्ष NLF लायन सुधा पौडेलको सह-अध्यक्षतामा सम्पन्न भएको हो।


