• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

नेपालकै पहिलो नागढुंगा-थानकोट सुरुङमार्ग सञ्चालनमा आउँदै, मन्त्री र जापानी प्रतिनिधिले उद्घाटन गर्ने


काठमाडौँ-

Advertisement

नेपालमा निर्माण सम्पन्न भएको पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको थानकोट-नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने भएको छ।

Advertisement

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सुरुङमार्गको औपचारिक उद्घाटन गरिने भएको हो।

उद्घाटन समारोह बिहान १०:२५ बजे सुरु भई मध्याह्न १२:१५ बजेसम्म सञ्चालन हुने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। कार्यक्रमको सुरुवात वैदिक विधि अनुसार पूजापाठ र स्वस्तिवाचनबाट हुनेछ। त्यसपछि औपचारिक समारोह अघि बढाइनेछ भने मन्त्री लम्सालले दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले सुरुङमार्ग निर्माण तथा आयोजनासम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्नेछन्। नेपाल-जापान सहकार्यमा निर्माण भएको आयोजनाको उद्घाटन समारोहमा जापान सरकार र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।

कार्यक्रममा जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले सम्बोधन गर्ने तय भएको छ।

समारोहका क्रममा अतिथिहरूले सुरुङको प्रवेशद्वारसम्म पैदल यात्रा गरी मुख्य उद्घाटन स्थलमा पुग्ने कार्यक्रम छ। त्यसपछि भौतिक पूर्वाधारमन्त्री, जापानी राजदूत, जाइकाका अध्यक्ष, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गर्नेछन्।

उद्घाटन अवसरमा नेपालतर्फको शिलालेख मन्त्री लम्सालले अनावरण गर्ने तथा जापानी पक्षतर्फको स्मारक ढुंगा जापानी राजदूत र जाइकाका अध्यक्षले संयुक्त रूपमा अनावरण गर्ने कार्यक्रम रहेको छ।

औपचारिक उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर सुरुङ मार्गमा नियमित आवागमनको सुरुवात गर्ने कार्यक्रम तय गरिएको छ।

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.