• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

पारिवारिक अवस्था जटिल भएका नागरिकलाई प्रजिअले घरमै पुगेर दिए नागरिकता


भोजपुर-

Advertisement

भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो ।

Advertisement

ममताको पारिवारिक अवस्था जटिल रहेको छ । उनका बुबा लामो समयदेखि बेपत्ता रहेका छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएकी हुन् । अदालतले ममताको हेरचाह तथा कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो । तर संरक्षकका रूपमा रहेकी हजुरआमा स्वयं शारीरिक रूपमा अशक्त रहेकाले हिँडडुल गर्न तथा स्पष्ट रूपमा बोल्नसमेत असमर्थ छन् । जसका कारण नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सम्भव भएको थिएन ।

यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको छ । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली स्वयं ममताको घरमै पुगेर आवश्यक कागजात सङ्कलन, विवरण प्रमाणीकरण तथा प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो । कानुनी प्रक्रिया पूरा गरी घरमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

“संरक्षक असक्त भएकाले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला प्रशासनसम्म आउन सक्ने अवस्था थिएन”, प्रजिअ पौडेलले भने, “जसका कारण ममताले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन । यस्तो कठिन अवस्थामा आवश्यक समन्वय गरी सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले घरमै पुगेर नागरिकता वितरण गरेका हौँ ।” अन्य स्थानीय तहमा भएका असक्त नागरिकलाई पनि घरमै पुगेर सेवा प्रदान गरिरहेको उनले बताए ।

स्थानीय तहले पनि यस कार्यलाई सकारात्मक रूपमा लिएको छ । वडाध्यक्ष जिरामणि राईले प्रमुख जिल्ला अधिकारी स्वयं घरमै पुगेर नागरिकता वितरण गरेको कार्यलाई उदाहरणीय, मानवीय तथा प्रशंसनीय भएको बताए । उनले यस्ता पहलले नागरिकमा राज्यप्रति विश्वास बढाउने धारणा व्यक्त गरे ।

घरमै पुगेर नागरिकता वितरण गरिएको यो घटनाले राज्यको सेवा प्रवाहलाई अझ बढी पहुँचयोग्य, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण सन्देश दिएको उनको भनाइ छ । विशेष गरी असक्त तथा सेवा लिन असमर्थ नागरिकका लागि प्रमुख जिल्ला अधिकारीले खेलेको भूमिका स्मरणयोग्य रहेको वडाध्यक्ष राईले बताए ।

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

भर्खरै

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ३.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ८.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.