काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि विभिन्न राजनीतिक दलका प्रमुखहरूलाई आमन्त्रण गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा नजाने भएका छन् ।
Advertisement
उनको सचिवालयका अनुसार अन्य प्रतिनिधिबारे भने निर्णय भइसकेको छैन ।
नेपाली कांग्रेसका सभापति गगन थापा भने महाधिवेशनमा जाने–नजानेबारे अझै निर्णयमा पुगेका छैनन् ।
नेकपा संयोजक प्रचण्ड भने स्वास्थ्य अवस्था अनुकूल रहे आफैं उपस्थित हुने बताइएको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा शुभकामना दिन जाने निश्चित भएको छ ।

