• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै


चितवन, जेठ २०
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा ‘दिगो भविष्यका लागि उच्च शिक्षामा नविन तथा रूपान्तरणकारी अभ्यास’ विषयक र्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।

Advertisement

उच्च शिक्षामा दिगोपना, रूपान्तरणकारी शिक्षण पद्धति, दिगो व्यवस्थापन, सामाजिक न्याय तथा प्रविधिमैत्री नवप्रवर्तनका विषयमा बहुआयामिक विमर्श गर्ने उद्देश्यले क्याम्पसले सम्मेलन आयोजना गर्न लागेको हो ।
जेठ २२ गते सुरु भएर २४ गते सकिनेसम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ । सम्मेलनको संयोजक तथा सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्राध्यापक डा कपिलदेव सुवेदीले सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको बताउनु भयो ।

Advertisement

सम्मेलनमा रुपान्तरणकारी शिक्षा, जलवायु र वातावरण, शिक्षण विधिमा प्रविधिको प्रयोग, समानता, समावेशिता र सामाजिक न्याय, दिर्घकालिन व्यवस्थापन र नेतृत्व विकास जस्ता पाँच विषयमा छलफल तथा अनुसन्धान प्रस्तुति हुनेछन् । सम्मेलनका संयोजक डा सुवेदीले सम्मेलनमा नेपालका पाँच विश्वविद्यालयका शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने बताउनुभयो । सम्मेलनका लागि प्राप्त शोधसार मध्ये छनोट गरिएका ५८ वटा अनुसन्धान कार्यहरू १० वटा प्राविधिक सत्रमार्फत प्रस्तुत गरिने क्याम्पसले जनाएको छ । सम्मेलनमा छ वटा प्रमुख वक्तव्य तथा पूर्णसत्र सञ्चालन गरिनेछन् । पूर्णसत्रमा प्रा. डा. महानन्द चालिसे, प्रा. डा. विद्यनाथ कोइराला, प्रा. डा. गजेन्द्र शर्मा, डा. रमेशराज पन्त, डा खगेन्द्र प्रसाइ तथा डा. विनोदप्रसाद पन्त लगायतका ख्यातिप्राप्त शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूले उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन र दिगो विकाससम्बन्धी समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गर्नुहुनेछ।
यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका छन् । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याएका छन् । सम्मेलन आयोजक सप्तगण्डकी बहुमुखी क्याम्पसले सम्बन्धित सबै शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूलाई सम्मेलनमा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ ।

बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.