६ वैशाख, काठमाडौं-
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । समिति सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदाउपर विज्ञको राय लिइँदै छ ।
Advertisement
सिंहदरबारमा जारी बैठकमा प्रतिनिधि सभालाई परिवर्तित सन्दर्भमा प्रभावकारी ढंगले सञ्चालन हुनेगरी नियमावली बनाउने विषयमा छलफल जारी छ । समितिका सदस्यहरुले विद्यमान नियमावलीमा धेरै दफाहरुमा संशोधनको आवश्यकता औँल्याएका छन् । त्यसमा पनि विज्ञहरूको राय लिइँदैछ ।
बैठकमा संसद् सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराई लगायत छन् ।

