• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

निजी क्षेत्रसँग सहकार्य गर्दै देशमै मल कारखाना स्थापना गर्ने सरकारको योजना


काठमाडौँ-

Advertisement

सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित निजी क्षेत्रसँग सहकार्य गरेर देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ।

Advertisement

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका घोषणापत्रका साझा आधारमा तयार पारिएको राष्ट्रिय प्रतिबद्धता मस्यौदामा यस्तो व्यवस्था उल्लेख गरिएको हो।

मस्यौदामा कृषि उत्पादन वृद्धि र आयात प्रतिस्थापनलाई प्राथमिकतामा राख्दै व्यापार तथा भन्सार नीतिमा सुधार गर्ने, साथै स्वदेशमै उत्पादन सम्भव भएका कृषिजन्य वस्तुको उत्पादन विस्तार गर्ने नीति लिइएको छ। कृषि उद्यम तथा उद्योगलाई प्रोत्साहन गर्न कर छुट, भन्सार सहुलियत र लगानी आकर्षित गर्ने उपाय अवलम्बन गरिने उल्लेख छ।

भू–उपयोग व्यवस्थापनलाई प्रभावकारी बनाउन बाँझो जमिनको उपयोग, चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्ने योजना पनि समेटिएको छ। कृषि पेशालाई सम्मानजनक र सुरक्षित बनाउन किसानलाई क्रेडिट कार्ड, बीमा तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।

साना तथा सीमान्तकृत किसानको संरक्षणका लागि कृषि उपजमा अनुदान, योगदानमा आधारित पेन्सन र किसान परिचयपत्रमार्फत लक्षित सुविधा प्रदान गर्ने नीति अघि सारिएको छ। वास्तविक किसान पहिचान गरी अनुदान, ऋण तथा सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गरिने उल्लेख गरिएको छ।

उन्नत तथा रैथाने बिउको उपलब्धता सुनिश्चित गर्दै गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनमा सुधार गर्ने योजना समावेश गरिएको छ। साथै, रासायनिक मलको मागको अद्यावधिक तथ्यांकका आधारमा खरिद, वितरण र बिक्री प्रक्रियालाई व्यवस्थित बनाउने उल्लेख छ। प्रत्येक स्थानीय तहमा सामुदायिक बिउ बैंक स्थापना गरी स्वदेशी बिउको संरक्षण र प्रवर्द्धन गरिने योजना पनि अघि सारिएको छ।

पहाडी तथा हिमाली क्षेत्रमा उच्च मूल्यका नगदे बाली प्रवर्द्धन गर्ने, जडीबुटी तथा फलफूल प्रशोधन उद्योगलाई अनुदान र कर सहुलियत दिने नीति पनि प्रस्ताव गरिएको छ। हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग आसपास कृषि तथा खाद्य प्रशोधन करिडोर विकास गर्ने तथा वन क्षेत्रमा फलफूल र फूल बिरुवा रोप्ने अभियान सञ्चालन गरिने उल्लेख छ।

सरकारले मल कारखाना सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्तिको विशेष व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। साथै, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ।

यसका अतिरिक्त, उत्पादन लागत घटाउने, जलवायु अनुकूल कृषि प्रणाली विकास गर्ने तथा माटोको उर्वराशक्ति संरक्षणका लागि जैविक विधिको प्रयोग विस्तार गर्ने विषय पनि प्रतिबद्धतामा समावेश गरिएको छ।

मङ्गलबार, बैशाख ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.