चैत १७-
नेपाली फोटो पत्रकारहरूको साझा एवं छाता संगठनका रूपमा रहेको नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन यही चैत्र २० गतेदेखि सुरु हुदैछ । राप्ती नगरपालिकाको भण्डारामा हुने महाधिवेशनमा नेपाल भरिवाट विभिन्न संचारमाध्यम एवं स्वतन्त्र रूपले कृयाशील फोटोपत्रकार क्यामेरा पर्सनको सहभागिता हुनेछ।
महाधिवेशनमा प्रतिनिधि/परिवेक्षकका रूपमा उपस्थित हुने संचारकर्मीहरुले यस क्षेत्रका बारेमा थुप्रै जानकारी लिने र आफू कार्यरत संचारमाध्यममा संचारसामग्री प्रकाशन/प्रसारण गर्नाले यस क्षेत्रका बारेमा थुप्रै सूचना प्रवाह हुने महासंघका अध्यक्ष हरि प्रसाद रेग्मीले जानकारी दिए ।
महाधिवेशनलाई पुर्णत कार्यक्रम स्थलको प्रचार प्रसार तथा त्यहाको कला सस्कृती र ऐतिहासिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्नमा केन्द्रित गरिने आयोजकले जनाएको छ । पुर्वी चितवनको यस क्षेत्रमा विश्वस्तरीय फोटो संग्राहलय तथा पर्यटन प्रर्वद्धन केन्द्र निर्माणको क्रममा रहेको हुनाले पनि यो महाधिवेशन ऐतिहासिक र अविस्मरणिय हुने अपेक्षा छ ।


