• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त


२७ फागुन, काठमाडौं-

Advertisement

स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त भएको हो ।

Advertisement

ती रिक्त भएका पदहरूमा उपनिर्वाचन हुन्छ या हुँदैन भन्ने निर्क्योल छैन । स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ ।

स्थानीय तहको निर्वाचन २०७९ साल वैशाखमा भएको थियो । २०७९ साल मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो । यसआधारमा स्थानीय तह र प्रदेश सभा दुवैको कार्यकाल एक वर्षभन्दा बढी छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे उपनिर्वाचनबारे निर्वाचन आयोग र सरकारले निर्णय गर्ने बताउँछन् ।

‘निर्वाचन आयोग र सरकारको सल्लाह बमोजिम उपनिर्वाचनबारे निर्णय हुन्छ,’ उनी भन्छन्, ‘निर्वाचन गर्ने हुँदा आगामी चैत महिनाभित्र मिति घोषणा गरियो भने सहज हुन्छ । तर, छोटो अवधि बाँकी भएकाले के हुन्छ यसै भन्न सकिन्न ।’

काठमाडौं महानगरपालिकाको प्रमुख पद नै रिक्त छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न गएपछि रिक्त भएको हो । सुनसरीको धरान उपमहानगरपालिको प्रमुख, चितवनको भरतपुर महानगरपालिका प्रमुखको पद रिक्त छ ।

रिक्त भएका स्थानीय तह र प्रदेश सभा सदस्यको ठाउँमा उपनिर्वाचन गर्ने वा के गर्ने भनेर सरकारसँग छलफल गर्न बाँकी रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

काभ्रेको धुलिखेल नगरपालिका, मोरङको रंगेली नगरपालिका, इलामको सूर्योदय नगरपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका, स्याङ्जाको कालिकण्डकी गाउँपालिका, कैलालीको टीकापुर नगरपालिको पदाधिकारी पद रिक्त रहेको छ । कतिपय वडा अध्यक्षहरूको पद पनि रिक्त छ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय सरकारबाट राजीनामा दिएका १७ जनप्रतिनिधि उम्मेदवार बनेका थिए । त्यसमध्ये १४ जनाले चुनाव हारे । १३ जना प्रदेश सभा सदस्य कार्यकाल नसकिँदै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उठेका थिए । ती मध्ये पाँचजनाले मात्र चुनाव जिते ।

यी लगायत रिक्त भएका स्थानीय तह र प्रदेश सभा सदस्यको ठाउँमा उपनिर्वाचन गर्ने वा के गर्ने भनेर सरकारसँग छलफल गर्न बाँकी रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेपछि नयाँ सरकार बन्ने र नयाँ सरकारसँगै उपनिर्वाचनको विषयमा छलफल हुनेछ ।

आयोगका अनुसार नयाँ सरकार चैतको दोस्रो साताभित्र बनिसक्छ । एउटै दलको स्पष्ट बहुमत आएकोले निर्वाचन प्रतिवेदन राष्ट्रपतिकहाँ बुझाएपछि सम्बन्धित दलले संसदीय दलको नेता चयन गर्नेछ ।

संसदीय दलको नेता चयन भएको विषय राष्ट्रपतिले जानकारीमा पाएसँगै प्रधानमन्त्री नियुक्त हुनेछन् ।

शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.