• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

पूर्वमन्त्री न्यौपानेसहित तनहुँका २२ उम्मेदवारको जमानत जफत


काठमाडौँ-

Advertisement

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुई निर्वाचन क्षेत्रमा कुल २२ उम्मेदवारको चुनावी जमानत जफत भएको छ। जमानत गुमाउनेमा नेकपा (एमाले)बाट तनहुँ-१ मा प्रतिस्पर्धा गरेकी पूर्वमन्त्री भगवती न्यौपाने पनि परेकी छन्।

Advertisement

निर्वाचन कानुनअनुसार खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारले धरौटीबापत बुझाएको रकम फिर्ता पाउँदैनन्। तनहुँ-१ मा ६८ हजार १४९ मत खसेकोमा ६५ हजार ४१९ मत सदर भएको थियो। पूर्वमन्त्री न्यौपानेले ५ हजार ८३० मत प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।

यस क्षेत्रमा कुल १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तर निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का स्वर्णिम वाग्ले र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द भट्टराईले मात्रै जमानत जोगाएका छन्। वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने भट्टराईले १६ हजार २३१ मत पाएका थिए।

तनहुँ–१ मा पूर्वमन्त्री न्यौपानेसहित नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल, श्रम संस्कृति पार्टीका काशीराम गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, उज्यालो नेपाल पार्टीका मञ्जिल राना, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीकी रामलक्ष्मी दुवाल, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेसनल रिपब्लिकन पार्टीका सुमन थापामगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ओमविक्रम पन्त, आम जनता पार्टीकी चिजामाया अधिकारी लगायतका उम्मेदवारको जमानत जफत भएको छ। स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, लेखनाथ खनाल र सन्देश रानाभाट लौडारीको पनि जमानत जोगिन सकेन।

तनहुँ-२ मा भने तीन उम्मेदवारले मात्र जमानत सुरक्षित राख्न सकेका छन्। यहाँ रास्वपाका इञ्जिनियर श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित निर्वाचित भएका छन्। नेपाली काँग्रेसका शंकर भण्डारीले १४ हजार १३५ मत र नेकपा (एमाले)का केदार सिग्देलले ११ हजार ६६८ मत प्राप्त गर्दै जमानत जोगाएका छन्।

यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा, राप्रपाका यामबहादुर खाँड ठकुरी, मंगोल नेसनल अर्गनाइजेसनकी सुष्मा आले, नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का गणेश लामगादे, नेसनल रिपब्लिक नेपालका नमबहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे र नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारीको जमानत जफत भएको छ।

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था छ। महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई उक्त रकममा ५० प्रतिशत छुट दिने प्रावधान रहेको छ। सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी रकम जफत हुने कानुनी व्यवस्था रहेको छ।

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.