• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति, आयोगको ध्यानाकर्षण


२५ भदौ, काठमाडौं-

Advertisement

नेपाली कम्युनिष्ट पार्टीले धनुषा १ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ ।

Advertisement

२१ फागुनमा भएको मतदानपछि धनुषा १ मा मतगणना भइसकेको छ । तर, आयोगले गणना सार्वजनिक गरेको छैन । यहाँबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । तर, मतपत्रमा रास्वपाको चुनाव चिह्नमा बहुमत मत प्रकट भएको छ ।

उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन हुँदा यहाँबाट नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित हुनु पर्नेमा आयोग मौन बसेपछि नेकपाले ध्यानाकर्षण गराएको हो ।

‘धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ नेकपाको तर्फबाट केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो ।’

नेकपाले आफ्ना उम्मेदवार विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नु, निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत कार्य हुनु चिन्ताजनक भएको जनाएको छ । ‘कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन,’ उनले भनेको छ, ‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ । साथै न्यायालयले पनि   कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।’

रास्वपा उम्मेदवार कमललाई बैंक तथा वित्तीय संस्था सम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको प्रमाणित भएपछि १८ फागुनमा बसेको आयोगको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो । बैंकको ऋण नतिरेको, चेक बाउन्स भएको लगायतका मुद्दा लागेपछि सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।

उम्मेदवार कमलविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो ।

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.